नेपाल- भारत सीमानाका २४ घण्टा बन्द

  • असोज २९, २०७८ | ७०६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कपिलवस्तुस्थित नेपाल र भारतबीचको सीमानाका २४ घण्टा बन्द हुने भएको छ । बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक बसि २४ घण्टा सीमा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेको थियो । सो बैठकमा सीमानाका बन्द गर्ने निर्णय भएको छ ।

बडादशैंको अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार र शनिबार गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण गर्ने सहमति भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा मदिरा विक्रीवितरणमा रोक लगाउने विषयमा समेत छलफल भई समझदारी भएको छ ।

बैठकमा सीमा अपराध, लागुऔषध ओसारपसार, अवैध हातहतियारको ओसारपसार, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई विशालु औषधि खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रणलगायतका विषयमा अनौपचारिक छलफल भएको प्रहरीले जनाएको छ ।

 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब