सरकारी स्कुलमा पढाई हुने अंग्रेजी माध्यम प्रति विद्यार्थीका आकर्षण बढदै

  • कार्तिक ८, २०७८ | ९०५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सरकारी स्कुलमा पढाई हुने अंग्रेजी माध्यम प्रति विधार्थीका आकर्षण बढिरहेका छन् । सिरहा नगरपालिकाको सिरहा सदरमुकाममा नेपालको दोस्रो पुरानो विदयालय श्री चन्द्र नमूना (प्राविधिकधार) माध्यमिक विद्यालयमा चालू आ.व.मा नीजि विद्यालय छाडी भर्ना हुनेका संख्या उच्च देखिएका छन् ।

आ.व. २०७८÷०७९ को शैक्षिक सत्रका लागि खोलिएका भर्ना कार्याक्रम अन्तर्गत अंगेजी माध्यममा कक्षा १ देखि ८ सम्ममा कुल ३ सय ७३ जना विधार्थी भर्ना भएका छन् । कक्षा- ८ को सेशन ए र सी मा कुल १ सय ७९ जना भर्ना भएका छन् भन,े कक्षा- ७ को सेशन ए मा ३८ जना, कक्षा- ६ का सेशन ए मा ६४ जना, कक्षा- ५ मा २५ जना, कक्षा- ४ मा २० जना , कक्षा ३ मा ११ जना, कक्षा- २ मा १० जना र कक्षा- १ मा २६ जना भर्ना भएका छन् ।

गरिव तथा आर्थिक अवस्था कमजोर भएका विधार्थी  तथा अभिभावकहरुका माग पुरा गर्न सामुदायिक विद्यालयको सिमित स्रोतसाधनमा अंग्रेजी माध्यम संचालन गरेको विद्यालयका प्रअ मधु सुदन कर्णले बताउनु भयो । 

शिक्षामा पछाडी परेको यस क्षेत्रका बालबालिका पनि इच्छा अनुसारका शिक्षा हासिल गर्न सहज हुन् भने अभिप्रयले अंग्रेजी माध्यममा पठन पाठन सुरु गरेका छौँ । प्रत्येक आ.व.को भर्ना कार्याक्रममा अंग्रेजी माध्यममा विधार्थीका चाप बढिरहेका छन् । गुणस्तरीय शिक्षा हाम्रा प्रतिवद्धता नाराका साथ विद्यालयको व्यवस्थापन गरेको छु । विद्लयमा विधार्थी राख्ने ठाउँका अभाव भईरहेको छ । प्रत्येक कक्षामा सेशन संचालन रहेको छ । विद्यालयमा भवन अभाव भएका कारण समिति सिटमा भर्ना गरी भर्ना समय भन्दा पहिले बन्द गर्नु  परेको छ । हाम्रा चहना नभएपनि भवन तथा स्रोतसाधनको अभावका कारण भर्ना बन्द गर्नु परेको छ । अंग्रेजी माध्यममा  ३३ जना शिक्षक छन् । यसमा ५ जना शिक्षक अभाव रहेको छ । शिक्षक परिपूर्ति गर्न प्रक्रिया सुरु गरि सकेका छौँ । केही दिनमै शिक्षक पूर्ति हुने छ ।

 अहिले प्राथमिक तह र निम्मा वि. तहमा नेपाली माध्यम भन्दा अंग्रेजी माध्यममा विधार्थीका आकर्षण बढिरहेको प्रअ कर्णले बताउनु  भयो ।

248722755_625496135468407_3758165462388571436_n

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब