प्रदेश २ सरकारमा जाँदै नेकपा एस, शत्रुधन र प्रमोद मन्त्री बन्ने

  • मंसिर ३, २०७८ | ५६४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय लिएर नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुने भएको छ ।

लामो संवादपछि दुई मन्त्रालय लिएर नेकपा एस सरकारमा जान सहमत भएको हो । मन्त्रालयको टुंगो लागेपछि नेकपा एसले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा)लाई मन्त्री बनाउने निर्णय गरेको छ ।

महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको छ । यसको पुष्टि मन्त्री बन्न लागेका संसदीय दलका नेता महतोले गरेका छन् ।

एउटा राज्यमन्त्री दिने सहमती भ एपनि तत्काल शपथग्रहण नहुने बुझिएको छ । कार्तिक ५ गते आइतबार दिउसो २ बजे नयाँ मन्त्रीको शपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनायो ।

मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।

 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब