काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ ।
एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो । लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए ।
यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी सत्ता गठबन्धनसहितका अधिकांश दलले एमसीसी पास गर्न नहुने बताएका थिए ।प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेस गर्ने तयारी गरेको जानकारी गराएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, राजपा लगायतका दलले चर्को विरोध गरेको थियो ।
त्यस्तै एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गणबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ । विवादित बनेको एमसीसीको विरोधमा आज नेपालगंजमा प्रदर्शन समेत गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved