कांग्रेसमा मुक्ताकुमारीले ल्याइन् सबभन्दा बढी मत

  • पुस ६, २०७८ | ६९३ पटक पढिएको | सीमा संदेश
alt

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीसहित ८८ केन्द्रीय सदस्य चुनिएका छन् । उनीहरुमध्ये रमेश रिजाल र आनन्द ढुंगाना सर्वसम्मत भएका हुन्, बाँकी सबै निर्वाचन जितेर आएका हुन् ।

मुक्ताकुमारी यादव पनि मधेसी महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । तर उनका लागि यो महाधिवेशन विशेष बनेको छ । १२ औं र १३ औं महाधिवेशनमा पराजित उनले १४औं सबभन्दा बढी मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार उनी सर्वाधिक मतसहित निर्वाचित भएकी हुन् । महिला मधेसीतर्फ चार केन्द्रीय सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा थिए । सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा. शेखर कोइराला दुबैको टीममा परेकी यादवले ३९६० मत पाएकी छन् ।

यसअघि खुला ३५ तर्फ केन्द्रीय सदस्यमा निर्वाचित पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ३८३६ मत ल्याएका थिए । उनको नाम पनि संस्थापन र इतर दुबै समूहमा थियो । कोइरालाले भन्दा यादवले १२४ मत बढी ल्याएकी हुन् ।

महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले ३०२३ मत पाएका थिए ।

को हुन् मुक्ताकुमारी ?

२०३४ भदौ १३ गते महोत्तरीमा जन्मिएकी यादव यसअघि दोस्रो संविधान सभामा समानुपातिक सांसद थिइन् । पछिल्लो समय उनी राष्ट्रिय सभा सदस्य थिइन् ।

स्नात्तक तहको अध्ययन गरेकी यादव २०५३ सालदेखि राजनीतिमा सक्रिय भएकी हुन् । २०५३ सालमै नेपाल महिला संघको जिल्ला कार्यसमिति सदस्य भएकी उनी नेपाल शिक्षक युनियनमा आवद्ध भइन् । कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५७ सालमा तत्कालीन नेकपा माओवादीका कारण विस्थापित भएकी थिइन् ।

 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब