कांग्रेस महाधिवेशन : आज सकिएकाे मत गणनामा २१ केन्द्रीय सदस्य निर्वाचित

  • पुस ६, २०७८ | ९०१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मङ्गलवार सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नाै जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा प्रदेश १ को महिलातर्फ महेन्द्रकुमारी लिम्बु विजयी हुनुभएको छ । वाग्मती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा वाग्मती प्रदेशको महिलातर्फ उर्मिला नेपाल केसी विजयी हुनुभएको छ ।

यस्तै कर्णालीको खुलातर्फ राजेशविक्रम शाही र कर्णबहादुर बुढा तथा महिलातर्फ जानकी सिंह विजयी हुनुभएको छ ।

मधेशी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । मधेशी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित हुनुभएको छ ।

मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार तथा मुस्लिम महिलातर्फ जावेदा खातुन जागा विजयी हुनुभएको छ । यसअघि पदाधिकारीसँगै खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्यको मत गणना भइसकेको छ । अरू क्लस्टरको मत गणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले  जानकारी दिनुभयो । 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब