ओमिक्रोन संकटः उत्तर प्रदेशमा राति ११ बजेदेखि कर्फ्यु लाग्ने

  • पुस ९, २०७८ | ५६२ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी । कोरोनाको ओमिक्रोन स्वरूपको संक्रमण बढेपछि भारतको उत्तर प्रदेश सरकारले रातमा निषेधाज्ञा लगाउने भएको छ । उत्तर प्रदेशमा शनिबार राति ११ बजेदेखि रात्रि कर्फ्यु लगाइने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए ।

उक्त कर्फ्यु राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ। सरकारले जारी गरेको आदेशमा बिहेजस्ता सार्वजनिक कार्यक्रममा बढीमा २ सय व्यक्तिसम्म सहभागी हुन पाउनेछन् । सहभागी सबैले कोभिडका नियम पालना गर्नुपर्नेछ । आयोजकले यसबारे स्थानीय प्रशासनलाई सूचना दिनुपर्नेछ ।

बजारमा ‘मास्क नलगाउनेलाई सामान नदिने’ सन्देशसहित व्यापारीलाई सचेत गराइनेछ । मास्क नलगाएका ग्राहकलाई कुनै पनि पसलेले सामान बेच्न पाउने छैनन् । सडकरबजारमा सबैका लागि मास्क अनिवार्य गरिएको छ । प्रहरीले निरन्तर गस्ती गर्नेछ ।

भारतको कुनै पनि राज्य वा विदेशबाट उत्तर प्रदेशको सीमामा आउने प्रत्येक व्यक्तिको ट्रेसिङ(टेस्टिङ गरिनेछ । नेपालसँग सीमा जोडिएका जमुनाहा‚ ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा‚ भुजहवा‚ खकरौला‚ गौरीफण्टा‚ कोइलावास‚ नौतनवा‚ बढनी लगायतका नाकामा सुरक्षा कडा पारिएको छ ।

प्रदेशमा सञ्चालन हुने बस, रेलवे र विमानस्थलमा थप सतर्कता अपनाइनेछ । आइआइटी कानपुरका अनुसन्धानकर्ताले आफ्नो नयाँ अध्ययनमा फेब्रुअरी ३ मा कोरोना संक्रमण शिखर अवस्थामा पुग्ने बताएका छन् । टोलीको नेतृत्वमा हालसम्मका संक्रमितको समीक्षा गरिएको छ ।

बैठकमा मुख्यमन्त्री योगीले तेस्रो लहरलाई ध्यानमा राख्दै गाउँ र नगर क्षेत्रमा वडा वडामा अनुगमन समितिहरू पुनस् सक्रिय गराइने जानकारी दिएका छन् । उनले अनुगमन समितिले कोरोना व्यवस्थापनमा प्रशंसनीय काम गरेको बताएका छन् ।

उनले बाहिरबाट आउने सबै व्यक्तिको परीक्षण गर्न आदेश समेत दिएका छन् । त्यस्ता आगन्तुकको स्वास्थ्यको निरन्तर अनुगमन गर्नुका साथै आवश्यकताअनुसार क्वारेन्टाइनमा राख्न र अस्पतालमा भर्ना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब