महामन्त्री पदमा पराजित भएका नरेश भन्छन् : मलाई विजयी भएको प्रमाणपत्र दिनै पर्छ

  • पुस १०, २०७८ | ५२० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, पुस १० गते । नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीको मतगणना सम्पन्न भएपछि विवाद कायमै रहेको छ ।

महामन्त्री पदमा निधि–कोइराला समूहका नरेश यादवले निर्वांचन समितिले एक पटक आफुलाई विजयी घोषणा गरेर फेरी नियोजित ढंगले पछाडी पारेर उनका निकटतम प्रतिद्वन्द्वी बृहस्पतिकृष्ण श्रेष्ठलाई विजयी घोषणा गरेको आरोप लगाएपछि विवाद श्रृजना भएको हो ।

बृहस्पतिलाई निर्वाचन समितिले विजयी घोषणा गरेर प्रमाणपत्र दिई सकेको अवस्थामा नरेशले परिणाम अस्वीकार गरेपछि विवाद बढ्दै गएको हो ।

नरेशले आज पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन समितिले आफूलाई षडयन्त्र पूर्वक पराजित गरेको आरोप लगाएका छन् । उनका अनुसार उनी ७ सय २४ मतका साथ दोस्रो स्थान ल्याएर विजयी भएका थिए भने बृहस्पतिले मात्रै ७ सय २१ मत ल्याएका थिए ।

नरेशलाई पराजित भएको घोषणा भई सकेपछि निर्वाचन समितिले उनलाई विजयी घोषणा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भई रहेको छ । जबकि निर्वाचन समितिले एक कोठाको मत जोड्न नपाउँदै नरेशलाई विजयी घोषणा गरिएको र त्यो आफूहरुबाट त्रुटी भएको स्वीकार गरि सकेको छ ।

निर्वाचन समितिका अनुसार महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी विजयी भएका छन् भने नरेशले ७७५ मत प्राप्त गरेका छन् ।

यता नरेशले ३ वटै कोठाको मत जोडेर मात्रै आफूलाई विजयी घोषणा गरिएको दावी गर्दै भने ‘म विजयी भएको छु, आफूलाई विजयी भएको प्रमाणपत्र निर्वाचन समितिले दिनु पर्छ ।’

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब