आउँदो चुनावसम्म नै संसद अवरोध गरिरहन्छौँ : ओली

  • पुस १०, २०७८ | ४८४ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्मै संसद अवरोध गर्ने बताउनुभएको छ । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनाव भएर नयाँ प्रतिनिधि नआउञ्जेल संसदमा अवरोध भैरहने बताउनुभएको हो ।

अहिले पनि बलपूर्वक संसद चलिरहेको भन्दै ओलीले संसद ठप्प नभएको तर अवरोध रहिरहने बताउनुभयो । आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफूहरुले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको एमालेको आरोप छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहनुभएको छ ।

एमाले अध्यक्ष ओलीले चुनावमा एमालेले बहुमत ल्याउने दावी पनि दोहोर्याउनुभयो । अमेरिकी सहयोग एमसीसीको बारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने ओलीको भनाइ छ । सरकारले एमसीसीको बारेमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेपछि मात्रै आफूहरुले पनि एमसीसीको बारेमा धारणा बनाउने उहाँले बताउनुभयो । 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब