प्रदेश २ : प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत, लोसपाको विरोध

  • पुस ११, २०७८ | ५३७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा सरकारले ल्याएको प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा समाजिक विकास मन्त्री नवलकिसोर साहले पेस गरेको अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

लोकतानित्रक समाजवादी पार्टी (लोसपा) नेपालको प्रमुख सचेतक परमेश्वर साहले प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेस गरेको थियो । उनले प्रस्ताव फिर्ता नलिएपछि उक्त प्रस्तावलाई बहुमतले अस्वीकृत गरी अध्यादेश स्वीकृत भएको हो ।

प्रमुख प्रतिपक्षि दल लोसपा र नेकपा एमालेले अध्यादेशको विरोध गरेको थियो भने सत्तारूढ दल जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अध्यादेशको सर्मथन गरेका थिए ।

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री साहले विधेयकको रूपमा आउँदा समय लाग्ने भएकाले अध्यादेश ल्याएको बताए । प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले कृषि विश्वविद्यालय राजविराज स्थापना सम्बन्धी अध्यादेश बहुमतले पास गरेको थियो ।

 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब