हाम्रो आन्दोलन कमिशनखोर भ्रष्ट शासकविरुद्ध हो : डा. राउत

  • पुस ११, २०७८ | ४५९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले सिरहाको आमहड्ताल प्रहरीविरुद्ध नरहेको स्पष्ट पारेका छन् । आन्दोलन असफल पार्न प्रहरी लागेपछि उनले सामाजिक सञ्जालमा आन्दोलनबारे उनले स्पष्ट पारेका हुन् ।

औरही गाउँपालिकाले किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले पक्राउ गरेको विरोधमा जनमत पार्टीले आज आमहड्ताल गरेको हो । आन्दोलन सफल बनाउन जनमतका कार्यकर्ता सडकमा उत्रेपछि प्रहरीले बल प्रयोग गरेपछि पार्टी अध्यक्ष डा. राउतले प्रहरीको पक्षमा समेत बोलेका छन् ।

गरीबका छोरा प्रहरीहरू आफैं पीडित रहेको भन्दै डा. राउतले उनीहरु सानोतिनो तलबमा दिनरात जोतिन बाध्य रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो आन्दोलन किसान र प्रहरीलाई भिडाउने, एक आपसमा जुधाउने, काठमाडौंका महलमा बसेका कमिशनखोर भ्रष्ट शासकहरूविरूद्ध हो ।’

उनले किसानलाई पहिला न्याय देऊ, किसानमाथिको दमन बन्द गर, किसानलाई समयमा मलखाद र बीउबिजन उपलब्ध गराऊ जस्ता माग गरेका छन् । आमहड्ताल उल्लंघन गरेको भन्दै राउतका कार्यकर्ता तथा किसानहरु चोहर्वामा एउटा ट्रकमा आगजनी गरेका छन् । त्यसअघि मिर्चैया र गोलबजारमा दर्जनौं सवारी तोडफोड गरेका थिए ।

औरही गाउँपालिकाले वितरण गर्न गहुँको बीउ राखेको थियो । तर समयमा वितरण नभएपछि किसानहरु कब्जामा लिए । त्यसपछि गाउँपालिका अध्यक्ष सिदार्थ यादवले गहुँको बीउ लुटेको भन्दै चार किसानमाथि मुद्दा दर्ता गराएर फसाउन खोजपछि जनमत पार्टी आन्दोलन सुरु गरेको छ ।

 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब