माओवादी र मधेश विद्रोह नभएको भए देशमा अझै निरङ्कुशता बाँकी रहन्थ्यो : यादव

  • पुस ११, २०७८ | ७२० पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए अझै पनि निरङ्कुशता जारी नै रहने बताउनुभएको छ । 

माओवादी केन्द्रको महाधिवेशनमा आज आइतवार शुभकामना दिने क्रममा अध्यक्ष यादवले भन्नुभयो, ‘माओवादी र मधेश विद्रोह नभएको भए देशमा लोकतन्त्र आउने थिएन, निरङ्कुशता हुने थियो । माओवादी र मधेश विद्रोहले देशलाई अघि बढाएको हो ।’

प्राप्त उपलब्धिलाई पनि केही प्रतिगामी तत्त्वहरुले खतरामा पारिरहेको भन्दै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने जसपाका अध्यक्ष यादवको भनाइ छ । 

संविधानले मधेशका नागरिकको हक अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै यादवले संविधान संशोधन गरेर सबैका अधिकारलाई संविधानमा समेट्नुपर्ने बताउनुभयो । 

अध्यक्ष यादवले अझै पनि देशमा मधेशका मुद्दा सम्बोधन हुन नसकेको, उत्पीडित र शोषित वर्गको अधिकार र पहिचानलाई राज्यले महत्त्व नदिएको लगायतका गुनासो गर्नुभएको छ । 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब