माओवादी केन्द्रकाे महाधिवेशन : छोराछोरीलाई सरकारी स्कुलमा पढाउनेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्मका सुझाव

  • पुस १४, २०७८ | ४९१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रस्तावमाथि ११ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका छन् । अस्ति साेमवार बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएकाे प्रस्तावमाथि हिजो मङ्गलवार र आज बुधवार दिउँसो १२ बजेसम्म २५ वटा समूह बनाएर छलफल भएको थियो ।

आज दिउँसो साढे १ बजेदेखि टोली नेताले आफ्नो समूहको निष्कर्ष सुनाउन थालेकोमा अहिलेसम्म ११ जनाले निष्कर्ष सुनाएका छन् । बाँकीको निष्कर्ष भोलि बिहीवार प्रस्तुत हुने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

आज निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशका प्रतिनिधिले समाजवादको वकालत गर्ने पार्टी भएकाले माओवादीका सबै केन्द्रीय सदस्य र पदाधिकारीले आफ्ना छोराछोरी सरकारी स्कुलमा मात्रै पढाउनुपर्ने सुझाव दिएका छन् ।  यस्तै पार्टीका नेता/कार्यकर्ताको आचरणमा व्यापक सुधार गर्नुपर्ने सुझाव पनि दिएका छन् । यसै समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अँगाल्न पनि सुझाव दिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको टोलीले कार्यकारी पदमा दुई कार्यकालभन्दा लामो समय बस्न नपाउने व्यवस्थालाई विधानमै उल्लेख गर्न सुझाव दिएका छन् । कार्यकारी पदमा रहँदा गल्ती गरेमा तत्कालै फिर्ता बोलाउने गरी संयन्त्र बनाउन पनि उनीहरूको सुझाव छ ।

माओवादीको महाधिवेशनअन्तर्गत भोलि बाँकी १४ वटा समूहका टोली नेताले निष्कर्ष प्रस्तुत गर्ने र अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । माओवादीको महाधिवेशन ११ गते आइतवारदेखि सुरु भएको हो । 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब