प्रदेश २ : माओवादीका ७ प्रमुख र १० उपप्रमुखसहित सयौं जनप्रतिनिधि एमाले रोजे

  • पुस १५, २०७८ | ७७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेकपाले दल दर्ताको मान्यता नपाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै प्रदेश २ का स्थानिय तहमा माओवादीबाट निर्वाचित करिब एक सय जन प्रतिनिधिले एमाले रोजेका छन् ।

एमाले स्थायी कमिटीका सदस्य प्रभु साहका अनुसार स्थानीय तहका मेयर तथा अध्यक्ष सात जना, उपमेयर तथा उपाध्यक्ष १० जनाले एमालेमा आएका छन् । ‘सात प्रमुख र १० उपप्रमुख मात्र होइन, माओवादी परित्याग गरेर एमाले आउने वडा अध्यक्षहरूको संख्या करिब ८० नाघिसकेको छ,’ साहले भने ।

तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकवाट विजयी चार जना वडा अध्यक्ष एमालेमा प्रवेश गरेका छन् भने थप प्रवेश गर्ने तयारीमा छन् । माओवादी परित्याग गरी एमाले रोज्ने रौतहटका तीनवटा नगरपालिका छन् भने पर्साका दुई, महोत्तरीका एक जनासहित सात मेयर/अध्यक्ष रहेका छन् ।

रौतहटबाट मौलापुरकी मेयर रिना साह, कटहरियाका मेयर सियाराम कुश्वाह, इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता छन् भने पर्साका जगरनाथपुरका अध्यक्ष जालिम मियाँ र छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पनि माओवादी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

शम्शी गाउँपालिकाका अध्यक्ष शेख फारुकले पनि माओवादी परित्याग गरी एमाले रोजेका हुन् भने धनुषा बिदेह नगरपालिकाका मेयर बेचन दासले पनि एमाले रोजेका छन् । जगरनाथ पुरका मियाँ भने गत ८ पुसमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका ग्रहण गरी एमाले रोज्ने पछिल्लो स्थानिय तहका प्रमुख हुन् ।

रौतहटका कटहरिया र मौलापुर नगरपालिका तथा धनुषाको बिदेह नगरपालिकामा मेयर र उपमेयरले एमाले रोजेका छन् । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैले माओवादी परित्याग गरी एमाले रोजेका स्थायी कमिटी सदस्य साहले जानकारी दिए ।

उनका अनुसार माओवादी परित्याग गरी एमाले रोज्ने स्थानीय तहका उपप्रमुख र अध्यक्ष अधिकांस रौतहट, पर्सा र धनुषाका रहेका छन् । जसअनुसार धनुषा बिदेह नगरपालिकाकी उपमेयर निलम देवी मण्डल र सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर, शहिद नगरपालिकाकी उपमेयर शिलादेवी कापरले एमाले रोजेका छन ।

यसैगरी रौतहटको फतुवा बिजयपुर कान्तिदेवी, देवाही गोनाहीकी उपमेयर परनिया देवी, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर प्रसाद साह, माधवनारायण नगरपालिकाकी उपमेयर सिमलकुमारी साह, यमुनामाई नगरपालिकाकी उपमेयर गीतादेवी साह, इशनाथ नगरपालिकाकी उपमेयर हुसने आराले पनि माओवादी परित्याग गरी एमाले रोजेका हुन् ।

पर्साका छिपहरमाई गाउँपालिकाकी मेयरसहित उपमेयर मामोदिना खातुनले पनि माओवादी परित्याग गरी एमाले रोजेका छन् । ‘रौतहटका ३६ मध्ये २८ वडा अध्यक्षले माओवादी परित्याग गरेर एमालेमा आएका छन् भन तत्कालीन फोरमका चार वडा अध्यक्ष पनि एमालेमा प्रवेश गरिसकेका छन्,’ साहले भने ।

उनका अनुसार अहिलेसम्म प्रदेश २ बाट माओवादीसहित अन्य पार्टी परित्याग गरेर आउने वडा अध्यक्षहरूको संख्या ८० नाघेको छ । वडा सदस्यहरूको संख्या गन्न भ्याइएको छैन । यो क्रम चुनावसम्म पुग्दा अझै बढने छ ।

माओवादी परित्याग गर्ने जनप्रतिनिधि बढिरहेको जनाउँदै केही समय निर्वाचनको सम्मुखमा प्रदेश सांसदहरू पनि एमालेमा प्रवेश गर्ने तयारीमा रहेको एमाले नेताहरू बताउँछन् । – नेपाल प्रेस

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब