लोसपाको प्रमुख सचेतकमा अरगरिया

  • पुस २४, २०७८ | ४८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संसदीय दलको प्रमुख सचेतकमा सो पार्टीका सांसद एवं कार्यकारिणी सदस्य उमाशंकर अरगरियालाई नियुक्त गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले पुस २२ गते प्रमुख सचेतकमा नियुक्त गरेको पत्र संसद सचिवालय र सांसद अरगरियालाई बुझाएका थिए ।  यद्यपी पार्टीले त्यसलाई अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

लोसपाका नेता सुरेन्द्र झाले अरगरियालाई नियुक्त गरेको ससद सचिवालयलाई जानकारी गराइसकेको बताए । उनले भने, ‘उमाशंकर अरगरिया जसपा संसदीय तलको प्रमुख सचेतक हुनुहुन्थ्यो, त्यसलाई लोसपा पनि निरन्तरता दिइएको हो ।’ 

सांसद अरगरिया उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए । जसपा हुँदासम्म पनि उनी नै प्रमुख सचेतक थिए । अहिले जसपाबाट लोसपा बनेपछि पुनः प्रमुख सचेतकमा नै नियुक्त गरिएको हो ।
जसपाबाट लोसपा अलग हुँदा सांसद अरगरियाले उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरलाई साथ दिएका थिए । उनले उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभामा चुनाव जितेका थिए । 

उता, उपेन्द्र यादव नेतृत्वको जसपामा लोसपा अध्यक्ष महन्थ ठाकुर पक्षबाट गएका प्रमोद साहलाई प्रमुख सचेतक बनाइएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब