चीनमा लकडाउनमा रहेका वासिन्दाहरु खाद्य अभावपछि चुरोटसँग बन्दाकोपी साट्दै

  • पुस २५, २०७८ | ४७५ पटक पढिएको | सीमा संदेश
alt

हाल लकडाउनमा रहेका चीनको जिआन शहरका वासिन्दाहरुले खाद्य सामग्रीको लगातार अभावपछि यसको समाधानमा आफूसँग भएका सामानहरु साट्न थालेका छन् । 

सामाजिक संजालमा गरिएको एक पोस्टमा वासिन्दाहरुले खानाको बदलामा चुरोटदेखि प्राविधिक ग्याजेटसम्म साटिरहेको देख्न सकिन्छ ।

डिसेम्बर २३ देखि जिआनका १ करोड ३० लाख मानिसहरु घर भित्रै थुनिएर बसेका छन् र उनीहरु खानेकुरा किन्नका लागि समेत बाहिर निस्कन पाउँदैनन् । 

सरकारी निकायहरुले निःशुल्क खाद्य सामग्री वितरण गरिरहेको जनाएपनि धेरैले ती सामान नपाएको र कतिले चाहिँ पर्याप्त नभएको गुनासो गरिरहेका छन् । 

एउटा भिडियोमा वासिन्दाले एक प्याकेट चाउचाउ र ‘स्टिम्ड बन्स’ सँग आफ्नो निन्टेन्डो स्वीच कन्सोल साटिरहेको देखिएको छ ।

त्यस्तै वेइबोमा पोस्ट गरिएको अर्को भिडियोमा चुरोटसँग बन्दाकोपी, भाँडा माझ्ने लिक्वीडसँग स्याउ, स्यानिटरी प्याडसँग एउटा भाग तरकारी साटिरहेको देखिएको छ । 

वाङ थर भएका एक स्थानीयले रेडियो फ्रि एसियासँग बोल्दै भने, “एउटै भवनमा बस्ने मानिसहरुले आफूसँग भएका विभिन्न सामानहरु साटिरहेका छन् किनकी उनीहरुसँग खानलाई पर्याप्त बाँकी छैन । ” रिपोर्टका अनुसार एक व्यक्तिले त चामलका लागि स्मार्टफोन र ट्याब्लेट साट्न खोजिरहेका थिए । 

एक वेइबो प्रयोगकर्ताले भनेका छन्, “मद्दतविहिन नागरिकहरु फेरि सट्टापट्टा गर्ने युगमा पुगेका छन् । यहाँ रुवासँग आलु साट्न थालिएको छ । ” त्यस्तै अर्का एकजनाले मानिसहरु फेरि परापूर्वकालमा फर्किएको भनि व्याख्या गरेका हुन् । 

अर्कोतर्फ कतिपयले चाहिँ यस्तो आदनप्रदानले मानवता अझै जिवित रहेको देखाएकाले आफूहरु छिमेकको दयाप्रति भावुक बनेको बताएका हुन् । 

हाल जिआन शहर चीनमा कोरोना प्रकोपको केन्द्र बनेको छ । यस्तोमा घरभित्रै बस्न बाध्य नागरिकहरुको उचित व्यवस्थापन नगरिएकामा जिआनका निकायहरु आलोचित भइरहेका छन् । केही समय अगाडि मात्र मिंगदे ८ हाउजिङ  कम्पाउन्डका वासिन्दाहरुलाई जनवरी १ को मध्यरातमा सबैले घर छाडेर क्वारेन्टिनमा बस्न जानुपर्ने खबर गरिएको थियो । 

त्यस्तै भाइरल भएको एउटा पोस्टमा चाहिँ जिआनका स्थानीयले आफ्नो बुवालाई ह्दयघात हुँदा सबै अस्पतालले कोभिडको चापका कारण ठाउँ नभएर फर्काउने क्रममा मृत्यु भएको बताएका छन् । यसबारे अस्पतालले कुनै प्रतिक्रिया दिएको छैन । 

उता मंगलबार मात्र सरकारी निकायहरुले अर्को शहरलाई पनि पूर्ण लकडाउनको घोषणा गरेका छन् । केबल तीनवटा लक्षण विहिन संक्रमित फेला पर्नासाथ यस्तो निर्णय गरिएको थियो । 

 

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब