सिरहा । किसानको हकहितका लागि ११ सूत्रीय माग पूरा गर्न किसान विधेयक ल्याउनुपर्ने तड्कारो आवश्यकता रहेको माग गर्दै जनमत पार्टीले सिरहा सदरमुकाममा र्याली गरेको छ ।

र्यालीलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जारी किसान आन्दोलनको माग पूरा गर्न किसान विधेयक ल्याउनुको विकल्प नभएको बताए । मलखाद्य र बिउबिजन माग्ने किसानमाथि सरकारले गोली चलाएको भन्दै सरकारी रबैया किसान विरोधी भएको बताए ।

उनले स्थानीय सरकारका प्रमुखहरूलाई महाभारतको जरासंधको संज्ञा दिएका छन् । स्थानीय सरकार महाभारतको जरासंध भएकोले बलराम जस्तै हलो उचालेर जरासंध जस्तो प्रवृृतिको अन्त गर्नुपर्ने डा. राउतले बताएका छन् । ‘जरासंधलाई बलरामले हलो उठाएर अन्त गर्यो,’ उनले भने,‘स्थानीय सरकारमा मौलाएको जरासंध प्रवृत्ति किसानले आफ्नो शक्ति देखाएर अन्त गर्नुपर्छ ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved