मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तय भएको खुशियालीमा बिदा दिने निर्णय सरकारले गरेको जानकारी दिए ।
प्रदेश सभामा हिजो भएको मतदानले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधरामको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।
प्रदेशको नाम र राजधानी तय भएको खुशियालीमा जनकपुरधाममा सोमबार सांझ दिपावली मनाइयो । चोक चोकमा यूवाहरुले पटाका पड्काउदै दिपावली गरेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved