मानव दिमागमा ‘चिप’ लगाउने तयारी, त्यो ‘चिप’ के काम गर्छ ? हेर्नुस्

  • माघ १०, २०७८ | ४३७ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी । संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ ।

उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औंलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । मस्कले २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए ।

त्यस्तो चिपको परीक्षण पेजर नामको बाँदर र सुँगुरमा गरिएको र त्यो सफल भइरहेको कम्पनीले बताएको छ ।सो चिपको अब क्लिनिकल ट्रायलका निम्ति स्टार्ट अपको डाइरेक्टर नियुक्ति गरिने पनि बताइएको छ । उक्त ट्रायलपछि चिपलाई मानव दिमागमा प्रयोग गरिनेछ ।

चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ ।

नशाको रोगबाट मानिसलाई मुक्ति मिल्ने दाबी
प्यारालाइसिसका कारण नशाको समस्या भोगिरहेका मानिस सो प्रविधिको मद्दतबाट पुनः काम गर्न सक्ने बन्ने कम्पनीको दाबी छ । यो वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना सुरु हुने मस्कले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘सबै कुरा सहज रहेमा न्युरालिंकको नामबाट सुरु हुन लागेको ब्रेन कम्प्युटर इन्टरफेस स्टार्टअपको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा आरम्भ गर्न सकिने छ ।’

संसारकै धनी मस्कसँग अहिले २५६ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरिन्छ । उनले २०१६ मा सानफ्रान्सिस्कोको बे एरियामा यो स्टार्टअप आरम्भ गरेका थिए । अल्जाइमर, डिमेन्सिया र मेरुदण्डमा लागेको चोटबाट उत्पन्न न्यरोलोजिकल समस्याको उपचारका लागि मानव मस्तिष्कमा एक कम्प्युटर इन्टरफेस प्रत्यारोपित गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

नयाँ नयाँ काम गर्न रुचाउने मस्कले यसअघि केही मानिसलाई अन्तरीक्षमा लिएर गएका थिए । उनको विद्युतीय कार निर्माता कम्पनी टेस्ला संसारभर चर्चित छ । पछिल्लो परियोजनामा मस्कले दीर्घकालीन लक्ष्य लिएको देखिन्छ । मानव र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को सम्बन्ध पत्ता लगाउनु न्युरालिंकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

मस्कका अनुसार न्युरालिंक प्रत्यारोपणका सुनिश्चितताका लागि निकै तीव्र गतिमा काम गरिरहेको छ । कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेटिभसँग सम्पर्क पनि गरिसकेको छ ।

मस्कले एक अन्तर्वार्तामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरिएको बताएका छन् । बाँदरले दिमागको मद्दतबाट भिडियोगेम खेलेको थियो । यसअघि सुँगुरको दिमागमा पनि उक्त चिप परीक्षण गरिएको थियो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब