किसान आन्दोलन : जनमतका कार्यकर्ता र किसान आज उखु जुलुस निकाल्दै

  • माघ ११, २०७८ | ४०१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत आज मधेसका जिल्लाहरुमा उखु जुलुस निकाल्ने तयारीमा जुटेको छ ।

पूर्व घोषित कार्यक्रम अन्तर्गत उखु जुलुस प्रदर्शन गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । उनका अनुसार उखुको बाँकी रकम भुक्तानी गर भन्दै उखु बोकेर किसान र जनमतका कार्यकर्ताले जुलुस निकाल्नेछ ।

किसानलाई मलखाद समयमा सहज रुपले उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, उखुको बाँकी भुक्तानी अबिलम्ब दिनुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी विगत एक महिनादेखि आन्दोलनरत छ ।

तर किसानको माग सम्बोधन गर्न संघीय सरकार उदासिन देखिएको छ । किसानको माग पुरा गर्नुको साटो आन्दोलनलाई दमन गरेर अन्त्य गर्ने सरकारको रणनीति छ । जनमत पार्टीले भने माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब