गाडी ताेडफाेड गर्ने जनमतका कार्यकर्तामाथि कारबाही गर्न मधेस सरकारकाे निर्देशन

  • माघ १३, २०७८ | ३८९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुर, १३ माघ ।  मधेस प्रदेश सरकारले जनकपुरधाममा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका प्रतिनिधिको सवारीसाधनमा ताेडफाेड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि काराबाहीकाे निर्देशन दिएकाे छ । 

मधेस प्रदेश सरकरका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै ताेडफाेड र सांघातिक आक्रमण  घटनाको वास्तविक छानविन गरी सम्बन्धितलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित दिएका हुन् ।

पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा सतिश साह लगायतका व्यक्तिमाथि मंगलबार आक्रमण भएकाे प्रदेश सरकारले जनाएकाे छ ।  

'घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ,' अर्थमन्त्री साहद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । 

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब