अख्तियारले उद्योगीविरुद्ध तथ्यहीन मुद्दा लगायो : सिमेन्ट उत्पादक संघ

  • माघ १४, २०७८ | ४३९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिमेन्ट उत्पादक उद्योगहरुको साझा संस्था नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगीहरुमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको मुद्दाको विरोध गरेको छ । शुक्रबार एक विज्ञाप्ति जारी गर्दै संघले आत्मनिर्भरतातर्फ अघि बढको सिमेन्ट र क्लिङ्करको औद्योगिक क्षेत्रलाई निरुत्साहित गर्ने गरी अख्तियारले तथ्यमा नटेकी मुद्दा दायर गरेको दावी गरेको हो ।

‘छोटो समयमा नै देशलाई आत्मनिर्भर बनाइ अर्बौंको आयात प्रतिस्थापन गर्न सफल हुनुको साथै निर्यातसमेत गर्न सकिने अवस्थाको उद्योग क्षेत्रलाई तथ्यहिन रुपमा ठुलो क्षति भयो भन्ने आरोप लगाउने किसिमकोे कृयाकलापले ठूलो आघात पर्न जाने छ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

मुद्दा दायर गरिएका उद्योगीको उद्योगहरुले प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त गरी कानूनअनुसार नै राजस्व तथा रोयल्टी भुक्तानी गरेको संघले दावी गरेको छ । भूकम्पका कारण राष्ट्र पुर्ननिर्माणको विषम परिस्थितिमा उद्योगलाई आवश्यक कच्चा पदार्थ बढी उत्खनन गरेको कारणलाई देखाएर मुद्दा चलाउनुले हतोत्साही गर्ने काम मात्रै गरेकोसंघले बताएको छ । निराधार रुपमा उद्योग र उद्योगीहरुलाई हतोत्साही गर्ने गरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइनु दुःखद् हो,’ संघले भनेको छ ।

उद्योगहरुले अनुमति पत्रमा तोकिएको वाषिर्क परिमाणभन्दा केही थपघट उत्तखनन गरे पनि कुल तोकिएका समयमा तोकिएभन्दा बढी परिमाण उत्खनन् नगरेको जति परिमाण उत्खनन् गरेको सोही आधारमा तोकिए बमोजिमको रोयल्टी वुझाएको संघको दावी छ ।

खानी तथा भूगर्भ विभागले उत्खनन् गरेको परिमाणअनुसारको रोयल्टी (शुल्क) समेत बुझिसकेको र स्थानीय निकायमा वुझाउनुपर्ने शुल्क समेत समयमा नै उद्योगहरुले बुझाइसकेको अवस्थामा भ्रष्टाचारको आरोप लगाउनु राम्रो नभएको संघको भनाइ छ । भूकम्पछिको पुनर्निर्माणमा राज्यको आवश्यकताका उद्योगीले सघाएको र कुनै पनि खाले शुल्क तथा कर तिर्न बाँकी नरहेको विज्ञप्तिमा भनिएको छ ।

अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ती उद्योगीसम्वद्ध ९ उद्योगहरुविरुद्ध समेत मुद्दा चलाएको हो । उनीहरुमाथि एक अर्ब २६ करोड १९ लाख रुपैयाँ राज्यकोषमा नोक्सान पारेको दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

देशमा हाल करिब ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा रहेकोमा क्लिङ्करमा आधारित सिमेन्ट उद्योगहरु करिब २१ वटा छन् । सबै उद्योगहरुमा कुल करिब २ खर्बको स्वदेशी लगानी रहेको सिमेन्ट उत्पादक संघको दाबी छ । सिमेन्ट उद्योग र यससँग सम्बन्धित रहेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करीव २ लाख जनाले रोजगारी पाएको संघले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब