माघ मसान्तसम्म विद्यालय नखुल्ने

  • माघ १४, २०७८ | ६८२ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, माघ १५ गते । माघ मसान्तसम्म विद्यालय बन्द यथावत रहने भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको हो ।

शुक्रबार बसेको सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

यसअघि सरकारले माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय लिएको थियो।

कोभिड संक्रमण दर उच्च रहेकाले केन्द्रले त्यसलाई थप १५ दिन लम्ब्याउन सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्। 

उनका अनुसार केन्द्रको सिफारिसलाई मन्त्रिपरिषद्‍बाट निर्णय गरेपछि कार्यान्वयनमा जानेछ। ‘भर्चुअल र अन्य विधिबाट हुने पठनपाठनलाई निरन्तरता दिन सकिनेछ’, उनले भनिन्, ‘विद्यार्थी र शिक्षकलाई कोभिडविरुद्धको भ्याक्सिन दिन पनि विद्यालय खुलाउन सकिनेछ। तर भौतिक रुपमै पठनपाठनलाई भने माघ मसान्तसम्म रोक लगाइएको छ।’

प्रवक्ता नेपालले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन पनि बैठकले सिफारिस गरेको बताएकी छन्। 

बैठकले भिडभाड हुने सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई भने माघ मसान्तसम्म बन्द नै राख्न पनि सिफारिस गरेको छ।

केन्द्रको सिफारिस अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना पनि माघ मसान्तसम्म बन्द हुने भएका छन्। 

यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र भिडभाड हुने अन्य कार्यक्रम पनि माघ मसान्तसम्म नगर्ने गरी निर्णय लिनस केन्द्रले सिफारिस गरेको छ।

बैठकले सार्वजनिक उपत्यकामा लागु गरिएको सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ। तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्रै जोरबिजोर कायमै राखिने भएको छ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब