काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नगर्न सिफारिस गरेको छ ।
यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालनमा रोक लगाइएको थियो ।
यसैगरी सीसीएसीसीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षाहरू चलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
"यसअघि मन्त्रिपरिषद् बैठकले नै पूर्व निर्धारित परीक्षा कलेजका परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । तर, संक्रमणदर एकदम बढेपछि उहाँहरूले यसलाई रोक्नुभएको थियो । अब फेरि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षाा सञ्चालन गर्न गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ," उनले बाह्रखरीसँग भनिन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved