अमेरिकामा भारी हिमपात, ५ राज्यमा आपतकाल घोषणा

  • माघ १६, २०७८ | ४८५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातसँगै भएपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ ।

न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् । अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् ।

शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएका बीबीसीले जनाएको छ । नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटर ९दुई फिट०सम्म हिउँ जमेको थियो ।

साथै म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । म्यासाचुसेट्सको सबैभन्दा नराम्रोसँग केप कोड प्रभावित भएको छ । यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका छ ।

यो चिसो हावा समुद्रको तातो हावासँग मिसिने र वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित हुने अनुमान छ । यसो हुँदा ‘बम्ब साइक्लोन’ आउने बताइएको छ । विज्ञहरुले केही स्थानमा ऐतिहासिक हिमपात हुने र तटीय क्षेत्रमा बाढी आउने चेतावनी दिएका छन् । साथै अधिकांश स्थानमा अत्यधिक चिसो बढ्ने छ ।

बोस्टनको राष्ट्रिय मौसम सेवाले अत्यावश्यक काम भएमा मात्रै घरबाट बाहिर निस्किन सूचित गरेको छ । ‘यदि तपाईंलाई यात्रा गर्नै पर्ने छ भने चिसोबाट जोगिने सामान राख्नुस् । यदि बाटैमा फस्नु भयो भने गाडि भित्रै रहनुस्,’ सूचनामा भनिएको छ ।

सन् २०१६ मा अमेरिकाको पूर्वी क्षेत्रमा यस्तै आँधी आउँदा कम्तिमा १७ जनाको मृत्यु भएको थियो भने ११ राज्यमा आपतकाल घोषणा गरिएको थियो । साढे आठ करोड मानिस प्रभावित भएका थिए । अमेरिकाको एक सय वर्षको इतिहासकै शक्तिशाली भनिएको उक्त आँधीलाई ‘स्नोजिला’ नाम दिइएको थियो ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब