सिरहा । जनमत पार्टीले किसान आन्दोलन सफल पार्नका लागि ‘संयुक्त किसान आन्दोलन मोर्चा’ बनाउन आह्वान गरेको छ ।
जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले विज्ञप्ती जारी गरेर शान्तिपूर्ण र सशक्त आन्दोलनका लागि मोर्चा बनाउन किसानको हित चाहने राजनैतिक दल तथा संघ-संगठनहरूलाई आह्वान गरेका हुन् ।
जनमत पार्टीले बिहीवारदेखि पुन: पूर्व-पश्चिम राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । सरकारले किसान आन्दोलनलाई पूर्ण रूपमा बेवास्ता गरेको, उल्टा आन्दोलनमाथि दमन गरेको, झुठा मुद्दा लगाएको तथा आन्दोलनकारीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गर्न थालेका कारण मोर्चा बनाउने जनमत पार्टीले जनाएको छ ।
किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी पौष ९ गतेदेखि आन्दोलित छ ।तर सरकार माग सम्बोधन गर्न तयार देखिएको छैन् ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved