युक्रेनमा रुसी सेनाको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु

  • फागुन १७, २०७८ | ७३८ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी । युक्रेनको दोस्रो ठूलो सर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् ।

बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

खारकिभमा आफ्ना नागरिकको मृत्यु भएलगत्तै भारत सरकारले आफ्ना सम्पूर्ण नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । भारतले जुनसुकै माध्यमबाट भए पनि युक्रेन छाड्न निर्देशन जारी गरेको छ ।

भारतको यो निर्देशनले युक्रेनमा भीषण युद्ध हुने संकेत गरेको छ । रुसी सेनाको बख्तरबन्द गाडी ६४ किलोमिटरसम्म लाम लागेर युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब