स्थानीय तहको आकर्षक प्रोत्साहन भत्ताका कारण राजीनामा दिने शिक्षक बढे

  • फागुन १७, २०७८ | ७८० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सात महिनामा एक हजार १३९ शिक्षकहरूले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालयकाअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म निवृत्तिभरण पत्र लिने तीन हजार ५० जना मध्ये एक हजार १३९ शिक्षकहरूले राजीनामा दिएका हुन् ।

यो अवधिमा एक हजार ६९७ जनाले अनिवार्य अवकास लिएका छन् भने मृत्यु हुने शिक्षकको संख्या २१४ जना रहेका छन् ।

अघिल्लो वर्षको तुलनामा राजीनामा दिने शिक्षकको संख्या बढ्नुको मुख्य कारण स्थानीय तहहरूले पुराना तथा छोड्न चाहने शिक्षकहरूलाई दिने आकर्षक प्रोत्साहन भत्ता देखिएको महानिर्देशक खकुरेल बताउँछन् । उनी भन्छन् ‘पालिकाहरूले पुराना शिक्षकहरू जो चाहिँ पेन्सन भइसकेको छ अथवा हुने अवस्थामा पुगेकाहरू छोड्न चाहनेलाई आकर्षक प्रस्ताव दिएको छ । एक लाखदेखि पाँच लाखसम्म सेवा सुविधा सहितको प्रस्ताव गरेको छ । राजीनामा दिनुको मुख्य कारण यो देखिएको छ ।’

दरबन्दी मिलान हुँदा अर्को स्थानीय तह वा जिल्लामा खट्न नचाहनेहरूले पनि राजीनामा दिने गरेका छन् । मंसिर र पुसमा राजीनामा दैनिक २५ देखि ३० जना शिक्षकहरूले राजीनामा दिएका थिए । राजीनामा दिनको लागि शिक्षकहरूलाई स्पष्ट कारण खुलाउन नपर्ने भएकोले यही कारण हो भन्न नसकिए पनि यीनै कारणहरू देखिएको महानिर्देशक खकुरेलले बताए ।

माघ यता राजीनामा दिने शिक्षकको संख्या कम भए पनि नियमित आइरहेको कार्यलयले जनाएको छ । मंसिर र पुसमा राजीनामा दिने शिक्षकको संख्या बढ्नुको कारण भने राजनीतिक दलसम्बन्धी ऐन र शिक्षा ऐन पालना गर्न गराउन निर्वाचन आयोगको निर्देशन र सर्वोच्च अदालतको आदेश कारण विभिन्न पार्टीको कार्यसमितिमा रहेका शिक्षकहरूले राजीनामा दिएको पाइएको महानिर्देशक रामराज खकुरेलले बताउँछन् ।

राष्ट्रिय किताबखाना (शिक्षक) कार्यलयको अनुसार अघिल्लो आर्थिक वर्षभर जम्मा तीन हजार ३६१ जनाले निवृत्तिभरण पत्र लिएका थिए । त्यसमध्ये ७९७ जना शिक्षकले राजीनामा दिएका थिए भने अनिवार्य अवकास हुने दुई हजार ३५६ जनाले र मृत्यु हुने २०७ जना शिक्षक गरेर तीन हजार ६० जनाले निवृत्तिभरण पत्र लिएका थिए ।

चालू आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करिब २७ सय रहेकामा साउनदेखि माघ मसान्तसम्ममात्रै एक हजार ६९७ जनाले अनिवार्य अनिवार्य अवकास अन्तर्गतको निवृत्तिभरण पत्र बुझिसकेका छन् ।

शिक्षक सेवा आयोगले आगामी चैतसम्म अनिवार्य अवकास हुने शिक्षकको संख्या र रिक्त रहेको १७ हजार ४७ शिक्षक पदका लागि परीक्षा लिने तयारी गरेको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब