एसईई २०७८ : ११ हजार ३७५ विद्यालयमा २ हजार २७ परीक्षा केन्द्र परीक्षामा ४ लाख ९४ हजार ६ सय ८१ जना विद्यार्थी सहभागि हुँदै

  • फागुन २०, २०७८ | ४९४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो । ११ हजार ३ सय ७५ विद्यालयमा परीक्षा हुनेछ । सबैभन्दा बढी काठमाडौंमा १ हजार ३ सय विद्यालयमा १ सय २४ केन्द्र कायम गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार सम्पन्न बैठकमा सो जानकारी गराइएको थियो । बैठकमा यो वर्षको परीक्षामा ४ लाख ९४ हजार ६ सय ८१ जना विद्यार्थी सहभागि हुँदै छन् । बोर्डले सबै विवरण हालसम्म गोप्य राखेको छ । परीक्षामा सबैभन्दा बढी काठमाडौंमा ३६ हजार विद्यार्थी सहभागी हुनेछन् । ललितपुरमा ३ सय ३४ विद्यालयमा ३४ केन्द्र कायम गरिएको छ ।

ललितपुरमा १० हजार २ सय ७२ परीक्षार्थी रहनेछन् । भक्तपुरमा १ सय ९५ विद्यालयमा २३ केन्द्र कायम गरिएको छ । भक्तपुरमा ५ हजार ९ सय २७ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदै छन् ।

कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कञ्चनपुर, प्रदेश–१ को मोरङ, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, गण्डकीको कास्की र लुम्बिनीको दाङमा सबैभन्दा बढी केन्द्र र परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । बोर्डले यो वर्षको परीक्षाको प्रश्नपत्र अनलाइनबाट प्रश्नपत्र नपठाउने भएको छ । कक्षा १२ को परीक्षामा अनलाइन प्रश्नपत्र तयार गर्ने भए पनि एसईई परीक्षामा छापेरै प्रश्नपत्र पुर्याउने तयारी गरेको छ ।

रापबोर्डको बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ गर्ने निर्णय गरेको छ । परीक्षाको प्रश्नपत्र आज शुक्रबारबाट छपाइ शुरु हुनेछ । त्यसका लागि कक्षा १० को परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीसहितको टोली जनक शिक्षा सामग्री केन्द्रमा पुग्नेछन् । सो टोली करिब २५ दिन केन्द्रको गोप्य कक्षमा बस्नेछ । प्रश्नपत्र छपाइ सकेपछि मात्र बाहिरिनेछ । बोर्डले प्रश्नपत्र छपाइ गर्न टोलीलाई पठाउने निर्णय गरिसकेको छ ।

यसअघि बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैकल्पिक र प्रश्नपत्र छपाइ गरेर परीक्षा सञ्चालन गर्ने बताउनुभएको थियो । बुधबार सम्पन्न रापबोर्डको बैठकले सबै प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको छ । परीक्षाका लागि करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ । जनक र बोर्डबीच हिजो बिहीबार सम्झौता भएलगत्तै बन्दोबस्तीका सामग्रीसहित परीक्षा नियन्त्रकको टोली आजबाट जनक शिक्षाको सुरक्षण मुद्राणालय (सेक्युरिटी प्रेस) जानेछन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा प्रश्नपत्र छपाइ हुनेछ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा करिब ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी करिब ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ ।

जनक शिक्षा सामग्रीको गोप्य कोठाबाटै प्रदेश र अन्य केन्द्रको प्रश्नपत्र पोका बनाएपछि मात्र नियन्त्रकसहितको टोली परीक्षाको अन्तिम तयारीका लागि बाहिरिनेछन् । परीक्षा वैशाख ९ गतेबाट २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब