सिरहा कांग्रेस : दुई गुटको अलग–अलग अधिवेशन

  • फागुन २०, २०७८ | ६९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा  । नेपाली कांग्रेस सिराहामा विवाद भएपछि दुवै गुटले अलग–अलग अधिवेशन गरेको छ । १४औँ सिराहा अधिवेशनको सभापति रामचन्द्र यादव समूहले गोलबजारमा र सभापतिका आकांक्षी रामसुन्दर चौधरी समूहले सिराहा सदरमुकाममा गरेको हो ।  

अधिवेशनस्थलको विषयमा दुवै गुटबीच विवाद भएपछि अलग–अलग आयोजना गरेको हो । सभापति यादव गुटले गोलबजारमा आयोजना गरेको उद्घाटनमा नेपाली कांग्रेसका नेतृ एवं केन्द्रीय सदस्य चित्रलेखा यादव, प्रदेश महामन्त्री उपेन्द्रकुमार यादव, पूर्वसांसद मोहम्मद मुक्तार अहमदलगायत सहभागी भएका थिए । 

siraha-congrss.jpg'_'.2022-03-04

सभापतिका आकांक्षी रामसुन्दर चौधरी समूहले सदरमुकाम सिराहाका जिसस समीक्षालयमा आयोजना गरेको उद्घाटन सत्रमा कांग्रेस नेतृ एवं पूर्वकोषाध्यक्ष सीतादेवी यादव, प्रतिनिधिसभाका सदस्य पद्नारायण चौधरी, पूर्वसांसद अमियकुमार यादवलगायतको उपस्थिति रहेको थियो । सभापति आकांक्षी चौधरीलाई भारतमा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको समर्थन रहेको छ । 

सभापति रहेका यादव र आकांक्षी चौधरी समूहबीच कडा टक्कर रहेको कांग्रेसका नेता रामकिशोर यादवले बताए । सभापति यादवको समूहबाट उपसभापतिमा सुनील महतो, जागेश्वर मण्डल, सचिवमा शैलेन्द्र यादव, तारकेश्वर यादव, सहसचिवमा रामबाबु यादव र किरण विसीलगायत रहेका छन् । यस्तै सभापतिका आकांक्षी चौधरीको समूहबाट उपसभापतिमा गंगाप्रसाद यादव, नागेश्वर भुडेर यादव, सचिवमा अरुणकुमार सिंह, रामचन्द्र यादव, सहसचिवमा पनालाल मण्डल र धनिकलाल महतोलगायत छन् । 

यस्तै १४औँ जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय गोलबजारले शुक्रबार मतदाता नामावली प्रकाशन, दाबीविरोध र छानबिनसहित अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै शनिबार (फागुन २१) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवारको प्रथम सूची प्रकाशन गर्ने तालिका तय गरेको छ । फागुन २२ गते उम्मेदवारको दाबीविरोधमा उजुरी दिने, फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै फागुन २३ गते सोमबार मतदानको कार्यक्रम रहेको निर्वाचन अधिकृत संजीवकुमार लामाले बताए । सिराहा जिल्ला अधिवेशनमा नेपाली कांग्रेसका दुई हजार ६ सय ५० सय मतदाता रहेका छन् ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब