जेठको दोस्रो साता कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

  • फागुन २१, २०७८ | ५२५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने,‘जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने लाइनमा छौं । आगामी शैक्षिक सत्रलाई असर नपर्ने गरी तयारी भइरहेको छ ।’ बोर्डले छिट्टै परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाएको छ ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड-१९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र अनलाइनमार्फत् पठाउन थालेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।

विगतका वर्षहरूमा जस्तै परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष शर्माले भने, ‘हामीले विगतका वर्षहरूमा जस्तै परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्छौं । परीक्षा केन्द्र तोक्दा सकेसम्म विद्यार्थी डेरामा बसेर दिनुपर्ने अवस्था आउन नदिने हाम्रो तयारी छ ।’

यस वर्षको कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब