सिरहा काँग्रेस निर्वाचन: मतदानस्थलमा प्रहरीको लाठीचार्ज, चौधरी पक्षले गरे बहिस्कार

  • फागुन २३, २०७८ | २,६४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपाली काँग्रेस सिरहाको नेतृत्व चयनका लागि भइरहेको मतदानस्थलमा प्रहरीले लाठी चार्ज गरेको छ ।

संस्थापन पक्षले धांधली गरेको भन्दै संस्थापन इतर पक्षका नेता कार्यकर्ता आवाज उठाएपछि गोलबजार नगरपालिका ४ स्थित मतदान स्थलमा विवाद भएको हो । सो क्रममा प्रहरीले लाठी चार्ज गरेका छन् ।

संस्थापन पक्षबाट सभापतिमा रामचन्द्र यादव र संस्थापन इतर पक्षबाट रामसुन्दर चौधरी प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । संस्थापन पक्षका उम्मेदवार यादवले मतदानस्थलमा गुण्डा केटा राखेर अन्य मतदाताको मत खसाउन थालेको र सोविरूद्ध बोलेपछि प्रहरीबाट आफुहरुमाथि लाठी चार्ज गराएको आरोप चौधरी पक्षका नेताहरुले आरोप लगाएका छन् ।

प्रहरीले लाठी चार्ज गरेपछि उम्मेदवार चौधरीले मतदान बहिस्कार गरेको कांग्रेस नेता एवं मधेसका सांसद नरेश यादवले जानकारी दिए । उनका अनुसार मतदानस्थलमा खटेका पोली एजेण्टलाई समेत उम्मेदवार चौधरीले फिर्ता बोलाएका छन् ।

उनले उम्मेदवार यादवले हार्ने अबस्था देखेपछि प्रहरीलाई मिलाएर उम्मेदवार यादवले धांधली गर्न खोजेको बताए । उनले भने- करिब २७ सय मतदाता छन् । तर १३ सय जति मतदाताले मतदान गरेकै बेला धांधली गर्न लागेपछि चौधरी पक्ष बहिस्कार गरे । त्यसैले अब पुन: निर्वाचन गराउनुपर्छ ।

सिरहामा सुरुदेखि नै निर्वाचन गराउन विवाद देखिएको छ । उम्मेदवार यादवले गोलबजारमा र चौधरीले सिरहा सदरमुकाममा निर्वाचनको उद्घाटन सत्र कार्यक्रम गरेका थिए । आज भइरहेको मतदानस्थलमा समाचार संकलन गर्न पत्रकारलाई रोक लगाइएको छ ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब