कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित

  • फागुन ३०, २०७८ | ६४४ पटक पढिएको | सीमा संदेश
alt

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी हुनुभएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ । रायले १ हजार ३७८ मत मात्र ल्यानुभएको छ । त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि  एक जना उपसभापति बाहेक सबै संस्थापन पक्षका नै निर्वाचित भएका छन् ।

उपसभापतिमा संस्थापन पक्षका डाक्टर सरोज यादवले १ हजार ७६४ मत र संस्थापन इतरका नविन अधिकारीले १ हजार ४९३ मतका ल्याएर विजयी हुनुभएको छ । संस्थापनका उपसभापतिका प्रत्यासी शेख शादुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै, सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ मत र मनोज यादव १ हजार ४२६ मतका साथ  निर्वाचित हुनुभएको छ । संस्थापन इतरका सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ मत र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र ल्याउनु भएको छ । त्यसैगरी सह–सचिवमा संस्थापनका नै इन्द्रबहादुर योञ्जन १ हजार ७११ मत र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी हुनुभएको छ ।

मतगणना हुन बाँकी रहेका जिल्ला सदस्यहरुको मतगणना रातिबाटै सुरु भएको छ । यसअघि सर्लाहीमा  कांग्रेसको १४ औँ  अधिवेशनको पटकपटक मिति तोकिए पनि स्थगित हुँदै आएको थियोे।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब