मधेसमा जलाइयो चीनसंग भएको ९ बुँदे सम्झौता

  • चैत १४, २०७८ | ३९५ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । चीनसँग भएको ९ बुँदे सम्झौताकाे विराेध गर्दै जनकपुरधाममा साे सम्झाैताकाे प्रतिलिपी राष्ट्रघाती रहेकाे भन्दै जलाइएकाे छ ।

आइतवार जनकपुरधामकाे जनक चाैकमा राष्ट्रिय एकता अभियान जनकपुरधामका संयोजक मनीष हिन्दू र धनुषा जिल्ला सदस्य जय कुमार यादवको नेतृत्वमा साे सम्झाैता जलाइएकाे हाे ।

अभियानका अभियन्ताहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद धाेका हो यसलाई बन्द गर, बीआरआई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’ गाे ब्याक चाइना लगायतका नारा लगाउँदै नगरमा र्‍यालीसहित प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौताकाे प्रतिलिपी समेत जलाएका छन् । सम्झाैताकाे खारेजीको माग पनि उनीहरुले गरेका छन् ।

रेलको नाममा चिनियाँ सेनाको विस्तार बन्द गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पढ़ाइ सूचारु गर, पोखरा एयरपोर्टमा भएको भ्रष्टाचारको छानवीन गर जस्ता नारा समेत प्रदर्शनकारीहरूले लगाएको थिए ।

अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधी बढाउन खोजेको आरोप लगाए । दुई दिनअघि चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नेपाल सरकारसँग नौ बुँदे सम्झौता भएकाे थियाे ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब