आमाको नामबाट नागरिकता दिनुपर्दछ : मुख्यमन्त्री राउत

  • चैत २६, २०७८ | ६५६ पटक पढिएको | सीमा संदेश
alt

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सरकारले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनुभएको छ । यही देशमा जन्मिएका लाखौँ युवा नागरिकताविहीन भइ अनागरिक बनेर बस्नुपर्ने अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठूलो चुनौतीका रूपमा रहेको उहाँँले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज शुक्रवार जनकपुरधाममा आयोजना गरेको मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वयन विषयक छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले २१ औँ शताब्दीमा पनि आमाको नामबाट नागरिकता नदिई संवैधानिक हकबाट वञ्चित गराउनु दुर्भाग्य हो भन्नुभयो । मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकताबाहेकका लाखौँ सन्तान अहिले नागरिकता नपाएर शिक्षा, स्वास्थ्य जस्ता सामान्य मानव अधिकारबाट वञ्चित हुनु सरकारका लागि ठूलो चुनौती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकताविना उनीहरूको सम्मानपूर्वक नेपाली नागरिक भएर बाँच्न पाउनुपर्ने अधिकार खोसिएको छ । गाँस, बास र कपासलगायत आधारभूत आवश्यकताबाट वञ्चित भएर जीवनयापन गर्न बाध्य भएका छन् । नागरिकताविना पढेलेखेका युवाहरू रोजगारीबाट वञ्चित हुनुपरेको छ । योभन्दा ठूलो चिन्ताको विषय अरू के हुन सक्छ ?’

मुख्यमन्त्री राउतले सबै नागरिकको भरणपोषणदेखि शिक्षा, स्वास्थ्यलगायत जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले यथाशीघ्र नागरिकता समस्या समाधान गर्नुपर्ने माग सङ्घीय सरकारसँग गर्नुभयो । 

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब