कांग्रेसकै कारण मधेसमा गठबन्धन अन्योल ?

  • चैत २८, २०७८ | ६७९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । गत शनिबार नेपाली कांग्रेस बर्दिबास नगर कार्यसमितिले कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गर्‍यो । गठबन्धनले पार्टीमा प्रतिकूल असर पर्ने ठहर गर्दै नगर कार्यसमिति बर्दिबास, महोत्तरीले सर्वसम्मति रूपमा नै तालमेल गरेर चुनावमा नजाने निर्णय गरेको हो ।

सोही दिन उक्त निर्णय केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र प्रदेशसभा क्षेत्र नम्बर १ (क) कार्यालयलाई पठाइयो । पत्रको जवाफ नआउँदै आइतबार बर्दिबासमा पाँचवटा वडाको उमेदवार पनि छनोट भइसकेको छ ।

बर्दिबास वडा नम्बर १ बाट भोला खड्का, २ बाट चोलाराज प्याकुरेल, ३ बाट यज्ञप्रसाद ढुङ्गेल, ७ बाट भोरिल यादव र वडा नम्बर ८ बाट जीवन लामा सर्वसम्मत छानिएको नगर सभापति युवराज पोखरेलले जानकारी दिए ।

गठबन्धन गर्ने अडानमा रहेको नेकपा (माओवादी केन्द्र)ले पनि उमेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । बर्दिबासमै वडा नम्बर १० र ११ मा माओवादीले पनि उमेदवार टुङ्ग्याइएको जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए । उनकाअनुसार वडा नम्बर १० बिनोद श्रेष्ठ र ११ मा गोपाल लामा छानिएको छ । 

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले भने अहिलेसम्म उमेदवार छनोट गर्न सकेका छैनन् । दुवै दलका नेताहरू आफूहरू केन्द्रको 'सिग्नल'को पर्खाइमा रहेको बताउँछन् । जसपाका प्रदेश अध्यक्ष रामबाबु यादवले केन्द्रले 'सिग्नल' नदिएकाले उमेदवार चयनको प्रक्रिया अगाडि नबढाइएको बताए ।

"हामीहरू गठबन्धन गर्ने तयारीमा छौँ । त्यसकारण केन्द्रबाट गठबन्धनबारे हुने निर्णयलाई पर्खिरहेका छौँ," उनले भने, "पार्टीबाट पनि उमेदवार छनोट गर्ने निर्देशन नआएकाले अहिलेसम्म छनोट प्रक्रिया अगाडि बढाइएको छैन ।"

सत्तारूढ दलले टुङ्गो लगाउन सकेन
मधेस प्रदेशमा सत्तारूढ दलले गठबन्धन गर्ने तयारी गरे पनि अझै टुङ्गो लाग्न सकेको छैन । एक साताअघि जनकपुरधामस्थित नेपाली कांग्रेस मधेस प्रदेश पार्टी कार्यालयमा भएको बैठकले गठबन्धन गर्न सत्तारूढ दल सहमति गरे पनि अझै टुङ्गो नलागेको हो । 

सत्तारूढ दलको पहिलो बैठकबाट स्थानीय तहको प्रतिवेदनसहित आइतबारका लागि बैठक डाकिएको थियो । तर, विशेष कारण देखाएर बैठक बस्न सकेन । बैठक डाक्ने जिम्मा कांग्रेसलाई दिइएको माओवादी केन्द्र मधेस प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार जिल्लामै बैठक नबसेकाले प्रदेशको बैठक पनि स्थगित गरिएको छ । पर्सा, बारा, सप्तरीलगायतका जिल्लामा गठबन्धनको बैठक बस्न सकेको छैन ।

कुन दलको स्थिति कस्तो ? 
०७४ को स्थानीय चुनावमा मधेसको १३६ पालिकामध्ये ४० स्थानीय तह जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । २६ स्थानीय तहको प्रमुख जित्दै संघीय समाजवादी फोरम दोस्रो र २५ स्थानीय तह जित्दै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) तेस्रो भएका थिए । तत्कालीन राजपा अहिले लोकतान्त्रिक समाजवादी (लोसपा) बनेको छ ।

माओवादी केन्द्रले २१, एमाले १८ र अन्य साना दलले जितेका थिए । सत्तापक्षबीच चुनावी तालमेल भए प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमाले कमजोर हुने आंकलन गरिएको छ । एमालेको उमेदवारलाई एकीकृत समाजवादी र लोसपालाई जसपाले धक्का दिन आंकलन गरिएको छ ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब