कांग्रेसको चुनावीसभा बढीमा दुई घण्टा, आसनग्रहणमा गठबन्धनका दल अनिवार्य !

  • वैशाख ३, २०७९ | ४१५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाली कांग्रेसले चुनावीसभा सञ्चालनको मापदण्ड बनाएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि आयोजना गरिने सभा सञ्चालहरूका लागि मापदण्ड तय गरेको हो ।

बैठकको निर्णयअनुसार पालिका स्तरमा बढीमा दुई घण्टामात्र चुनावी सभा गर्न पाइने भएको छ । यस्तै, वडा र टोल स्तरमा बढीमा एक घण्टामात्र चुनावी सभा गर्न समितिले तल्ला तहलाई निर्देशन दिएको छ ।

यस्तै बैठकले आसनग्रहणको मापदण्ड पनि तय गरेको छ । जसअनुसार गठबन्धन भएको ठाउँमा गठबन्धनमा रहेका दलका एक/एक जनालाई आसनग्रहण अनिवार्य गरिएको छ । यस्तै, सभापति, प्रमुख अतिथि वा प्रमुख वक्ता, पदीय मर्यादा बमोजिम पार्टीका नेताहरूलाई सामूहिक र उमेदवारहरूलाई आसनग्रहण गराउन निर्देशन बैठकको छ । 

कांग्रेसले चुनावी सभालाई व्यवस्थित र छोटो छरितो बनाउन यस्तो निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब