जसपाले स्थानीय तहमा महिलालाई एक करोडसम्म ऋण दिने

  • वैशाख ८, २०७९ | ४६१ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको चुनाव जिते महिलाहरुलाई उद्यम गर्न १० वर्षका लागि एक करोडसम्मको ऋण दिने प्रतिवद्धता जनाएको छ ।  जसपाले तयार पारेको स्थानीय तहको चुनावी घोषणापत्रमा भनिएको छ, ‘महिलाहरुलाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागि एक करोडसम्म रुपैयाँ ऋण दिने र त्यसको ब्याज पाँच प्रतिशत मात्र गरिनेछ ।’

महिला हिंसाको अन्त्यका लागि ‘फास्ट ट्रयाक महिला न्याय युनिट’ को व्यवस्था गर्नुको साथै कृषि, कुटिर तथा साना उद्योग र व्यवसाय जस्ता विषयहरुमा महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाएको छ ।

महिला, पुरुषको लागि समान कामको समान ज्यालाको नीति कार्यान्वयन गरिने उल्लेख गर्दै जसपाले गर्भवती महिलालाई निःशुल्क नर्सिङ सेवा र सुत्केरी सेवा दिइने घोषणा पत्रमा उल्लेख गरेको छ । किसान, मजदुर क्षेत्रका महिलाहरुलाई सुत्केरी हुँदा पोषण भत्ता दिने व्यवस्था गरिनेको साथै महिलाको विशेष रोग पाठेघर, स्तन क्यान्सर, पाठेघर खस्ने, पिसाब चुहिने लगायतका उपचार निशुल्क गरिने भनेको छ ।

जसपाले महिलाको हकमा भूमिकर ७५ प्रतिशत हुने प्रतिवद्धता जनाएको छ ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब