सिरहा नगरपालिकाका जनप्रतिनिधिहरु दिए सामूहिक राजिनामा

  • वैशाख ९, २०७९ | १,५५१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । आसन्न बैशाख ३० गतेका स्थानीय तह निर्वाचनमा उमेदवार बन्न सिरहा नगरपालिका जनप्रतिनिधिहरुले आज सामूहिक रुपमै राजिनामा बुझाएका छन् । 

राजिनामा कार्यक्रममा सिरहा नगरपालिका वडा नं. १९ को वडाअध्यक्ष गोपाल यादबले भने, नेपाल सरकारको निर्णयलाई सामन गदै राजिनामा गरेका छौँ । हामी जसपा पार्टि पुनः निर्वाचनमा सहभागि भई तपाईका घर आँगनमा आउँदै छौँ । जसपालाई आफ्ना मूल्यावान मत दिन हुन अनुरोध गुर्न भयो ।

४ बर्ष ७ महिनाको समिक्षा गर्दै सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले भने, तपाईहरुले निर्वाचित गरेको वेला देखि हाल सम्म सबैसँग काँधमा-काधँ मिलाई सहकार्य गरी कार्य सम्पादन जिमेवारी पूर्वक गरको छु । त्रिपक्षिय पार्टिको जनप्रतिनिधिहरु भएपनि कुनै किसिमको विभेद नगरी विकास निर्माण जस्ता कार्यक्रम सबै वडामा समान रुपमै गरेको छु । मबाट कदम-कदाजित कसैलाई कुनै किसिमका असहजता भएको छैन् । यदि भए लोकतान्त्रिक गणतन्त्र र हालको स्थानीय तहको संरचना नयाँ भएर भएको होला बुझिदिन अनुरोध छ । 

आसन्न निर्वाचनमा पुन : मेयर पदमा मेरो उमेदावरी रहनेछ । तपाईहरुका साथ र माया रहनेमा विश्वसत रहेको छु । अबको निर्वाचन मुदा सिरहा नगरपालिका सौन्दर्यकरण, अन्तराष्ट्ुिय स्तरको शिक्षा क्षेत्र विकास, स्वास्थ्य सेवा निशुल्क सुविधायुक्त व्यवस्थापन, युवा स्वारोजगारयुक्त जनशक्ति उत्पादन र नगरपालिका भित्र रोजागरी जस्ता मुलभुत विषय लगायत जसपा पार्टिले सार्वजनिक गरको सबै क्षेत्र विकास लक्षित घोषणा पत्रलाई मुख्य आधार बनाई कार्य गर्ने मेरो प्रतिवता रहेको मेयर यादबले बताउनु भयो ।

मेयर यादबले नगरपालिकाका सवारी गाडी सहित लिइएका सेवा सुविधा पनि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरको छ ।

2

जसपा, नेपाली कांग्रेस र नेकपा पार्टिका त्रिपक्षिय जनप्रतिनिधिहरुका सिरहा नगरपालिकामा उपस्थित रहेपनि नगरपालिकाका कार्य सम्पादनमा कुनै किसिमको असहजता नभएको र कुनै किसिमको विभेद नगरी सहकार्यमा गरेका कार्यलाई सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले प्रशंसा गर्नु भयो । कसैलाई पनि कुनै काखा-पाख नगरी नगर विकास योजना पनि मेयर सहाबले समान रुपमै विकास गरेको छ भने सबैका सहयोग पनि सम्झन लाकायक छन् । अन्य नगरपालिकाहरुमा देखि जस्तो विवाद सिरहा नगरपालिकामा नगरी सबैले जनताका समक्ष नेतृत्व कर्ता बन्न सफल रहेको उदाहरण दिनु भएको छ ।

3

हालको संरचना नयाँ भएकोले धेरै क्षेत्रका विकासलाई प्राथमिकता दिन खोजेपनि ऐन कानूनका अभावका कारण जनताले अपेक्षा गरे जस्तो विकास हुन नसकेको हो । तर पनि सिरहा नगरपालिकामा जनताका आधारभुत विकास भएको छ । पुन ः निर्वाचित हुने शुभकामन दिदै अधिकृत यादबले अब दोस्रो कार्यकालमा जनताले पूर्ण विकासको अनुभुती गर्ने छन् ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब