मेयर लड्न भनेर राजीनामा दिएका मन्त्रीले टिकट नपाएपछि हत्तपत्त लिए फिर्ता !

  • वैशाख ११, २०७९ | १,१७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकाको मेयरमा टिकट सुनिश्चित नभएपछि मन्त्रीले प्रदेश सांसदबाट दिइसकेको राजीनामा फिर्ता लिएका छन् । मधेश प्रदेशको कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले मन्त्री पद तथा सांसद पदबाट राजीनामा दिए पनि मेयरको टिकट पक्का नभएपछि फिर्ता लिएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सांसद रहेका यादव अहिले प्रदेश सरकारमा मन्त्री छन्। 'साथीभाइहरूको समन्वयमा मेयरको टिकट पाउने सुनिश्चित नभएपछि दिएको राजीनामा मैले फिर्ता लिएको हो,' यादवले मिडियासँग भने, 'सिरहा नगरपालिकामा सत्ता पक्षीय गठबन्धन गरेर नेकपा एसलाई नै मेयर पद दिने भन्ने मौखिक सहमति भए पनि व्यवहारमा नमान्दा मैले आफ्नो राजीनामा फिर्ता लिएको हो ।'

यादव नेकपा एसका सिरहा जिल्ला अध्यक्ष पनि हुन्। 'मैले राजीनामाका लागि अस्ति प्रदेश सभा सचिवालयमा निवेदन दिएको थिएँ, तर दर्ता पनि नभएको हुनाले राजीनामा फिर्ता लिन सहज भएको हो,' उनले भने ।

यसअघि प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले पनि लोकान्तरलाई प्रतिक्रिया दिँदा उनले राजीनामा दिएको खुलाएका थिए। तर अहिले उनी पनि यादवले मन्त्री पदबाट दिएको राजीनामा प्रदेश सभा सचिवालयमा दर्ता नगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जस्ताको त्यस्तै निवेदन फिर्ता पठाएको बताए।

'मन्त्री यादवले सांसद पदबाट राजीनामा दिएको भए प्रदेश सभा सचिवालयमा दर्ता हुन्थ्यो, तर उहाँले मन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रदेश सभामा निवेदन दिएको हुनाले दर्ता नगरी मुख्यमन्त्री कार्यालयमा पठाएको थिएँ,' प्रदेश सभा सचिवालयका सचिव यादवले भने । लोकान्तर

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब