सिरहा । नेपाली कांग्रेसको तर्फबाट नवराजपुर गाउँपालिकामा विश्वमोहन प्रसाद यादबले अधयक्ष पदमा उमेद्वारी दिएका छन्। उपाध्यक्षमा शोभा कुमारी यादबले उमेदवारी दर्ता गराएका छन । दूवै उमेदवार नवराजपुर गाउँपालिकाको निर्वतमान अधयक्ष र उपाध्यक्ष हुन्।
कांग्रेसले गाउँपालिकाको वडाअध्यक्षका रुपमा वडा नं. १ बाट जुरी प्रसाद यादब, वडा नं. २ बाट विश्वनाथ कामेत, वडा नं.३ बाट इश कुमार यादब, वडा नं. ४ बाट मदन यादब र वडा नं. ५ बाट मनोज कुमार यादबका उमेदवारी दर्ता गराएका छन् । वडा नं. १,२, ३ का उमेदवार नेपाली कांग्रेस नवराजपुरका नयाँ उमेदवार हुन भने अरु सबै निर्वतनमा नै हो ।
अध्यक्ष यादब नेपाली कांग्रेसको दुरदर्शि नेता हुन् भने गाउँ पालिका वासीमा शालिन्ताका पहिचन बनाएका छन् । आटिलो, कर्मठ र जनता पक्षधर नेता यादबले अब नयाँ किसिमले नवराजपुर गाउँपालिकाको दिर्घकालिन तथा दिगो योजनालाई प्राथमिकतामा राखी समृद्ध गाउँपालिका बनाउने निर्वाचनको मुख्य एजेन्ड बनाएका छन् ।
यता उपाअध्यक्षको उमेदवार यादब पनि शसक्त भुमिका निर्वाह गर्ने महिला हुन् । आटिलो र महिलाहरुका सवालमा शसक्त अवाज उठाउन सकने जनप्रतिनिधिका पहिचन बनाइसकेकी छिन् । ४ वर्ष ७ महिना विभिन्न ऐन कानूनको समस्या भोगियौँ । अबको पालिमा सिकाई भएको जनतालाई अनुभुती हुने गरी कार्य गर्नेमा विश्वस्त छु । जनताले साथ दिइए आफ्ना सिकाईलाई प्रयोग गरी जनताका सुख दुःखमा साथ दिने प्रतिवद्धता पनि गरीन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved