सिरहा । निर्वतमान मेयर असेश्वर प्रसाद यादबको कार्यकालको सबभन्दा ठुलो उपलब्धी भनेको सिरहा नगरपालिकाको विभेद हटाउनु रहेको जसपा नेपालको सिरहा नगरपालिका उपमेयर उमेदवार शशि मित्रा रिसी मुसहरले हिमालय टिभिको ग्राण्उड जिरो कार्यक्रममा बताइन्। देशका सबै पार्टिले केन्द्रिय मुदा बनाई आफ्नो घोषण पत्रमा विभेद हटाउने राखेपनि कसैलाई कुनै उपलब्धी भेटेन सकेको छैन् । तर जसपाका सिरहा नगरपालिका निर्वतमान मेयर यादबले पाँच वर्ष भित्र विभेद हटाएर मलाई दलित समुदायिबाट उपमेयरमा ल्याएको छ ।
आजको दिनमा यदि कसैले सिरहा नगरपालिका निर्वतमान मेयर यादबमा माथि भ्रष्टाचारको आरोप लागाउँछ भने, म उनलाई भन्न चाहन्छु पाँच वर्ष भ्रष्टाचार भइरहदाँ काहाँ हुनु हुन्थ्यो । तपाई भ्रष्टाचार रोक्न के गनुृ भयो ? आज सम्म भ्रष्टाचारको कुनै प्रमाण नलिई बोलेर भ्रष्टाचार सावित हुन्छ । कसै माथि एउटा औला उठाए आफ् तिर चार वटा औला उठछ भनी प्रश्न गर्नेलाई मुसहरले जवाफ दिनु भयो ।
मुसहरले एमाले पार्टिबाट जितेकी निर्वतमान उपमेयरले जनतालाई जनप्रतिनिधिको अनुभुती कति गराए । यसको हरहिसाब एमालेले दिनु पर्छ कि पर्दैन् यसको जवाफ किन दिन सकिरहेको छैन् । जवाफ नदिने ठुलो-ठुलो नारा लागएर जनतालाई भ्रमित गर्न मिल्छ । मैले उपमेयरमा जिते सबभन्द पहिले शिक्षा, स्वास्थ्य र महिला शसक्तिकरणका लागि पहिलो कार्य हुने प्रतिवता गरीन् ।
कार्यक्रममा सिरहा क्याम्पस पूर्व सहयक क्याम्पस प्रमुख चन्देश्वर यादबलाई अब कस्तो उमेदवारलाई भोट दिनु पर्छ भने प्रश्न गर्दा यादबले अहिले सम्म सरकारमा बस्ने नेताहरु एकलैटी शासन गरे जनता देखि टाढाँ बसी निर्वाचनमा मात्र जनता भेटे । अब यस्तो नेता र शासक चाहिदै । अहिले लोकतान्त्रिक पद्धतिमा विश्वास गरेको जनता समक्ष बसी कार्य गर्ने नेता चाहिन्छ । भौतिक विकास मात्र भएर यस्ता पछडिएका ठाउँको विकास हुदै त्यसैले विभेद मुक्त र जनतालाई सेचत बनाउन सक्ने व्यक्तिलाई भोट हाल्नु पर्नेमा जोड दिनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved