सिरहा नगरपालिकामा जसपा नेपाल र नेकपा माओवादी केन्द्र बिच एक वडामा गठबन्धन

  • वैशाख १८, २०७९ | १,९०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ बैशाख । असन्न बैशाख ३० गतेको स्थानीय निर्वाचनमा जित निकाल्न सिरहा नगरपालिकामा जसपा नेपाल र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएको छ । सिरहा नगरपालिका वडा नं. १८ मा वडास्तरमा गठबन्धन गरिएको छ । जसपा नेपालको मेयर, उपमेयर र दुई जना वडासदस्यलाई सहयोग गर्ने र  नेकपा माओवादी केन्द्रको वडा अध्यक्ष सहित दुई जना वडा सदस्यालाई सहयोग गर्ने प्रतिवद्धता सहित गठबन्धन गरिएको छ ।

सिरहा नगरपालिका वडा नं. १८ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेदवार चन्देश्वर यादब, वडा सदस्यमा योगेन्द्र यादब, लक्ष्मी कुमारी दास रहेका छन भने यता जसपा नेपालबाट वडा सदस्यमा शिवराम यादब र किसुन देवी यादब रहेको छ ।

दुबै दल बिच भएका सम्झौता अनुसार मेयर र उपमेयर पदका लागि नेकपा माओवादी केन्द्र र जसपा नेपाल दुबै पक्षका जनताले छाता छाप चिन्हमा मतदान गर्ने छन् । वडास्तरका लागि सबै उमेदवारका लागि नेकपा माओवादी केन्द्रको हसियाँ हथौडा चुनाव चिन्हमा मतदान गर्ने गरी गठबन्धन गरिएको छ । 

सिरहा नगरपालिकामा सबभन्दा बलियो पार्टिका रुपमा रहेको जसपा नेपालसँग चुनावी गठबन्धन सफल भएपछि वडा नं. १८ को वडा अध्यक्ष उमेदवार यादब सहित पार्टिका कार्यकर्ताहरुले चुनाव जितिने सम्भावना बढेकोमा खुशी व्यक्त गरेका छन् ।
यता जसपा नेपालसँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रलाई जितको शुभकामना दिदै जसपालाई थप बलियो बनाउन गरिएको प्रयास प्रति सबै पार्टि कार्यकर्ताहरुलाई सिरहा नगरपालिका मेयरको उमेदवार असेश्वर प्रसाद यादबले धन्यवाद व्यक्त गरेका छन् ।

हामीसँग तालमेल गर्ने जो कोही साना ठुला पार्टि भएपनि हामी सबैलाई सामान गर्न तयार छौँ । सिरहा नगरपालिकामा जसपा जित सुश्नित रहेकोले गाउँ गाउँमा जसपा पार्टि प्रति जनतका लहर रहेको यादबले  बताउनु भयो । जुन पार्टिसँग आफ्ै कुनै भिजन र योजना नभएपछि उसले जसपालाई पनि त्यस्तै गरी हेर्नेछ । तर जसपा नेपाल केन्द्र देखि स्थानीय तह सम्म विभिन्न वर्गीय तथा मधेश आन्दोलनका मुदालाई लक्षीत गरी मेधेशी जनतालाई शसक्त बनाउन सकिने भिजन सहितको योजना तय गरेको छ । 

सिरहा नगरपालिकामा मात्र नभई देशमा स्थानीय तहको अहिलेको संरचना नयाँ भएकोल विकासका अनुभुती यती छिटो हुन सकिदैन् । निरन्तरतामा रहेको योजनालाई पनु ः दोस्रो कार्यकालमा निरन्तरता दिन पाए र अबको चौतरफि विकास योजनालाई कानून सम्बद्ध कार्यन्वयन गराउन जनताले जसपा नेपालको चुनाव चिन्ह छाता छापमा भोट दिइ जिताउनु हुन यादबले अनुरोध गर्नु भयो ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब