भारतमा अत्यधिक गर्मी, 'लु' बाट जोगिन आग्रह

  • वैशाख १९, २०७९ | ५०१ पटक पढिएको | सीमा संदेश
alt

भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन् । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तातो हावा र गर्मीका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको मौसम विभागले आउँदाे चार/पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ । तापक्रम वृद्धिसँगै तातो हावा चल्न थालेपछि भारत सरकारले अलर्ट जारी गरेको छ । 'लु' र गर्मीबाट जोगिन राष्ट्रिय कार्य योजनाको निर्देशन पालना गर्न केन्द्र सरकारले आग्रह गरेको छ ।

देशको पश्चिमी, मध्य र  उत्तरी क्षेत्रमा तापक्रम अझै बढ्ने अनुमान गरिएको भन्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले 'लू' बाट जोगिने सबै उपाय अपनाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो सँगै स्वास्थ्य मन्त्रालयले आउँदो १५ तारिखसम्म 'लु' बाट जोगिन आवश्यक उपाय अपनाउन भनेको छ ।

यस्तै, सबै राज्यका स्वास्थ्य केन्द्रमा 'लु' सँग सम्बन्धित बिरामीको उपचारका लागि आवश्यक पर्ने औषधिको व्यवस्था गर्न र बिरामीको समयमा नै उपचार गर्न पनि निर्देशन दिइएको छ । यस्तै, स्वास्थ्य केन्द्रमा खानेपानी र बिजुलीको आपूर्तिलाई पनि सुनिश्चित गर्न भनिएको छ ।  

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब