भारतमा चरम गर्मीको मारमा गरिबहरू

  • वैशाख २४, २०७९ | ४५५ पटक पढिएको | सीमा संदेश
alt

 बीबीसी । भारतमा हाल जारी भयावह गर्मीको लहरले फेरि पनि गरिबहरू नै मर्कामा परेका छन् । 

गाडामा तरकारी बेच्ने सुलोचना येभा, आफ्ना कृषि उत्पादन घामले सुक्ने डरले लगातार पानी छर्किरहन्छिन् । तर पनि त्यसलाई बिग्रनबाट जोगाउन नसकेको उनले बताइन् । आफूले दशकौँदेखि एउटै ठाउँमा तरकारी बेचिरहेको भए पनि योपटक जति घाटा कहिल्यै नभएको उनले बताइन् । यसरी दिनदिनै घाटाको बेहोरिरहँदा उनलाई भविष्यको चिन्ताले सताएको छ । आफ्नो परिवारै निर्भर रहेको व्यापारमा घाटा भएपछि उनले भावुक हुँदै भनिन्, “मलाई एकदम लाचार महशुस भइरहेको छ ।”

यसरी, भारतमा लाखौँ मानिसहरू हालको चरम गर्मीको सामना गर्न संघर्षरत छन् । तथ्यांकका अनुसार यो तापमान १०० वर्षकै उच्च हो । 

हप्तौँदेखि बढिरहेको तापमानमा उत्तरपश्चिमी क्षेत्रमा केही सुधार हुन सक्ने मौसम विभागले बताएको छ । तर, यो शीतल वातावरण लामो समय नरहने र केही दिनमै फेरि २–३ डिग्री तापक्रमले बढ्ने बताइएको छ । 

गर्मीले गरिबहरू नै बढी प्रभावित भइरहेको देखिएको छ ।

माछा मार्ने काममा संलग्न प्रमिला वालिकारका अनुसार जति नै प्रयास गर्दा पनि आफ्ना उत्पादन ताजा राख्न उनलाई असम्भवजस्तै भइरहेको छ । कमाएको पैसा जति बरफ र फ्रिज किन्नमै खर्च भइरहनु, त्यसमाथि बरफको भाउ पनि दुई गुनाले बढ्नु उनका लागि ठूलो झट्का साबित भएको छ । माछा व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने उनको माग छ । 

यता भरिया, निर्माणका काम र खेतीको काममा खट्ने कामदारहरू अझ ठूलो जोखिममा छन् जसले दिनको सबैभन्दा चरम तापमानमा बाहिर काम गर्नुपर्ने हुन्छ । तर, जति नै गर्मी भएपनि परिवारको पेट पाल्न घाममा खट्नैपर्ने उनीहरूको बाध्यता छ ।

नेचर कम्युनिकेसन्सका अनुसार भारतले अहिले नै गर्मीका कारण वार्षिक १०१ अर्ब डलर गुमाइरहेको छ ।

गरिबहरू कार्यरत क्षेत्रमा कमजोर संरचनाले पनि उनीहरूको जनजीवन कठिन बनाइदिएको छ । जस्तै, निःशुल्क अनि सफा खानेपानी सीमित हुनु र केही समय घामबाट बच्न शरण लिने ठाउँसमेत नहुनु वास्तवमै ठूलो समस्या हो ।  

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब