क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गयो

  • वैशाख २४, २०७९ | ६६४ पटक पढिएको | सीमा संदेश
alt

क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

ज्यान गुमाउनेमा गर्भवती र एक जना बच्चा समेत रहेका बीबीसीले जनाएको छ ।  पुरानो हवानामा रहेको साराटोगा नामक पाँचतारे होटलमा  ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान छ । विस्फोटका कारण बाहिरी पर्खालको धेरै भाग समेत भत्किएको छ ।

भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।  घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  होटलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले विस्फाेट अति नै भयानक भएकाेले भूकम्प गएजस्तै अनुभूति भएको बताएकी छिन् ।

विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । होटलको पछाडि विद्यालयसमेत रहेकाे तर विस्फोटबाट विद्यालयमा भने कुनै क्षति नपुगेकाे बीबीसीमा उल्लेख छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब