श्रीलंकाका निवर्तमान प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेताका घरमा आगजनी

  • वैशाख २८, २०७९ | ४७३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ ।

आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलंकाका नागरिकको आक्रोश थामिएको छैन ।

उनीहरुले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएका छन् । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरुलाई सो घरबाट उद्धार गरेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र हवाई फायर गरेका थिए ।

प्रधानमन्त्री राजापाक्षे र उनको परिवारका सदस्यहरुलाई सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा लगेर राखेको बीबीसीको समाचारमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ । उनीहरुले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ ।

श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी छ । मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरु भएका बीबीसीले जनाएको छ । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीले गाडीहरुमा आगजनी र तोडफोड गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् । उनीहरुले उनको पनि राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब