सिरहामा शान्तिपूर्ण वातावरणमा ६५ प्रतिशत मतदान

  • वैशाख ३०, २०७९ | ६४२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३० वैशाख।  सिरहा जिल्लाको १७ वटै स्थानीयतहहरुमा सामान्य विवादबाहेक शान्तिपूर्ण निर्वाचन सम्पन्नभएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ। सिरहाभरी शान्तिपूर्ण वातावरणमा स्थानीयतहनिर्वाचन २०७९ सम्पन्नभएको छ। जिल्लामा पाँच बजेसम्ममा ६५ प्रतिशतको हाराहारिमा मतदान भएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।

परान्ह हावाहुरिसहितको वर्षाका कारण केही वेर मतदान प्रकृया अवरुद्ध भएकाले अझै मतदान जारी रहेको बताउँदै अहिले नै यति मतदानभएको बताउननसकिने जनाए। तर, उनले ७० प्रतिशतभन्दा बढी मतदानहुन सक्ने बताए।
पानि र हावा थामीपछि पनि मतदाताहरु मतदानस्थल आएकाले उनीहरुलाई निर्वाचन प्रकृयामा सामेल गराएको जनाए। पानीका कारण केही ढिलो भएको सुनाए।

स्थानीयतह निर्वाचनकालागि जिल्लामा दुई सय २१ मतदानस्थल अन्तर्गत चार सय ९८ मतदान केन्द्र मार्फत निर्वाचन भईरहेको छ।

सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख १९ हजार पाँच सय ६४ पुरुष, एक लाख ९४ हजार छ सय महिला र दुई तेस्रोलिंगी गरी चार लाख १४ हजार एक सय ६६ मतदाता रहेका छन्।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब