आज यी क्षेत्रमा वर्षाको सम्भावना

  • जेठ १३, २०७९ | ६७६ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको छ । तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

हिजो पनि दिउँसोपछि काठमाण्डौ उपत्यकालगायत धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको थियो । ढलको उचित व्यवस्थापन नहुँदा वर्षापछि काठमाण्डौका कपन, कलङ्की, बल्खु लगायतका केही ठाउँका सडक जलमग्न भएका थिए ।

सडकमा बाढी पसेपछि गाडीको आवागमन नै प्रभावित भएको थियो ।

यसैबीच, प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ । अब मनसुन सुरु हुने बेलासम्मकै मौसम यस्तै रहने मौसमविद् हिरा भट्टराईले बताउनुभयो । सामान्यतया नेपालमा जुनको पहिलो दोस्रो हप्तामा मनसुन भित्रन्छ ।

पोहोर मनसुनी अवधिको समय परिमार्जन गरिएको थियो । त्यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, पोहोर त्यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको थियो ।

यसपालि मनसुनमा सरदरभन्दा धेरै नै पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

तीन खुट्टा भएको बालिका जन्मियो

रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म ...

मधेशको सत्ता राजनीतिमा नयाँ मोडको संकेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्र ...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्य

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्य ...

कार्तिक १७ गते मंगलबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १७ गते । मंगलबा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब