नगरस्तरी वक्तृत्वकला प्रतियोगिता : माउन्ट एभरेष्ट सेकेन्डरी वोङ्गि स्कुल बिजयी गणतन्त्र संस्थागतका लागि शिक्षाको भुमिका

  • जेठ १६, २०७९ | १,४६३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १५ जेष्ठ ।  १५ औँ गणतन्त्र दिवसको उलक्ष्यमा सिरहा नगरपालिकाले विभिन्न कार्यक्रम गरी तिन दिन सम्म मनाएका छन् । बजार क्षेत्र सरसफाई, प्रदेशिक अस्पताल सिरहाका विरामीलाई मेयर डा. नविन कुमार यादबद्धारा फलफूल वितरण र गणतन्त्र संसथागतका लागि शिक्षाको भुमिका विषयमा नगरस्तरी वक्तृत्वकाला प्रतियोगिता गरी मनाएका छन् । आइतवार भएको वक्तृत्वकाला प्रतियोगितामा नगरभित्रका समुदायिक र संस्थागत गरी १८ वटा विद्यालयका विद्यार्थी  कार्याक्रममा भाग लिएको थिए । विधार्थीहरुले गणतन्त्रका परिभाषा, आवश्यता र कार्यन्वयनका सवालमा आफ्ना बिचार राखेका थिए । 

प्रतियोगितामा उत्कृस वक्ताका रुपमा माउन्ट एमरेष्ट सेकेन्डरी वोडिंग स्कुल सिरहा ७ का विधार्थी सावन झा पहिलो भएको छ । त्यस्तै बाल संसार इगलिस सेकेन्डरी वोडिंग स्कुलका विधार्थी सोनल भुजेल दोस्रो र एभरग्रिन एकेडमीका विधार्थी अस्तुती यादब तेस्रो र माध्यमिक विद्यालय भलुवाहीका विद्यार्थी यशोदा कुमारी यादब चौथो भएका छन् । उनीहरुलाई नगरपालिकाद्धारा समान पत्र, ट्फी र शैक्षिक सामाग्री पुरस्कार प्रदान गरेका छन् । 

विधार्थीहरुलाई आफ्ना अभिव्यक्तिलाई कलात्मक ढंगबाट निर्धक पूर्व प्रस्तुती विषयमा जिल्ला अधिकारी लालबाबू कवाडीले अभिमुखिकरण पनि गर्नु भयो । समुदायिक विद्यालयका शैक्षिक स्तर बढाउन नगरपालिकालाई कवाडीले सुझाव पनि दिनु भयो।

लागू औषद दुरव्यशन तथा विभिन्न हिंसाबाट बचनका लागि विभिन्न उपाय बारे जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख एस.पि.अर्जुनतिमलिसिनाले विधार्थीहरुलाई अभिमुखिकरण गर्नु भयो ।

प्रतियोगितामा पहिलो , दोस्रो, तेस्रो स्थान ल्याउने विदार्थीहरुलाई सझाउँदै मेयर यादबले भने, यो प्रतिस्पर्धा भन्द पनि सिकाई हो । यसलाई हार जितमा नलिई सिकाइका रुपमा बुझनु होला । सिरहा नगरपालिकाले अब केही दिनमै गुणस्तरी शिक्षाका लागि यि यस्ता विभिन्न शैक्षिक क्रियाकलाप तपाई सबैको विद्यालयमा गर्ने छ । शैक्षिक क्षेत्रमा हुन गरेका विभिन्न समस्याहरु नगरपालिकालाई समयमा जनकारी गरी सहयोग गर्नु विद्यार्थीहरुलाई यादबले अनुरोध गुर्न भयो ।

कार्यक्रमको संचालन सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिरम यादबले गर्नु भएको थियो भने व्यवस्थापन शिक्षा शाखा स्रोत व्यक्ति काशिन्द्र यादबले गर्नु भएको थियो ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब